आठ वर्षमा पनि बन्न सकेन राष्ट्रिय मगर संग्राहलय

358
आठ वर्षमा पनि बन्न सकेन राष्ट्रिय मगर संग्राहलय

नवलपुरको हुप्प्सेकोट गाउँपालिका–४ डिहिमा मगर समुदायले स्थापना गर्ने भनेको पर्यटकीय संभावना बोकेको ऐतिहासिक राष्ट्रिय मगर संग्राहलय शिलन्यास भएको ८ वर्ष पुग्दा पनि स्थापना हुन सकेको छैन् ।

वि.स २०६७ सालमा तत्कालिन सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले शिलन्यास गरेको संग्राहलय अझैसम्म निर्माण हुन नसकेको हो । मगर समुदायको पुरानो कला, सँस्कृतीको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने, नयाँ पुस्तालाई जानकारी प्रदान गर्ने र यस ठाउँलाई ‘नमुना मगर गाउँ’ बनाउने उद्देश्यले आठ वर्ष अगाडि संग्राहालयको शिलन्यास गरिएको थियो ।

६ विगाहा क्षेत्रफल रहेको संग्राहलय स्थापना स्थलमा २ कोठे सानो भवन निर्माण गरि मगर समुदायले प्रयोग गर्ने विभिन्न सामाग्रीहरु परम्परागत भाडाकुँडा, कृषि औजार, जातिय पोशाक, सिक्का, गहनालगायतका सामाग्री राखिएको थियो । तर ती सामाग्रीको सुरक्षामा चुनौती आएपछि गत वर्षबाट ती सामाग्री ब्यक्तीको घरमा राखेर भवन बन्द गरिएको छ । आर्थिक तथा प्राविधिक कारणले गर्दा संग्राहलयका लागी व्यवस्थित किसिमको भवन बनाउन नसकेकाले ती सामाग्रीलाई ब्यक्तिको घरमा राख्न बाध्य भएको संग्राहलयका अध्यक्ष ओम थापाले बताउनुभयो । डिहीका लालबहादुर सुनारीले धेरै उत्साहका साथ संग्रालय स्थापना गर्ने भनि काम अगाडी बढाएको भएपनि पुरा हुन नसक्दा धेरै दुःख लागेको बताउनुभयो । हुप्सेकोट गाउँपालिकाको डिही गाउँ मगर समुदायको बाहुल्यता भएको गाउँ हो । संग्राहलय निर्माणका लागि पलह भैरहेको अध्यक्ष थापाको भनाई छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत