संगठन विस्तारमा जुट्दै माओबादी केन्द्र

189
संगठन विस्तारमा जुट्दै माओबादी केन्द्र

कावासोती भदौ ४ 
नेकपा माओवादी केन्द्र रजहर गाउं कमिटीले शनिवार एकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्यो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं नवलपुर जिल्ला संयोजक किसन शर्माको प्रमुख आतिथयता रहेको कार्यक्रममा केन्द्रीय सदस्यहरु मित्र शरण शर्मा, चेतनारायण पोख्रेल, सुर्य प्रसाद न्यौपाने, लोक प्रसाद भुर्तेल लगाएत गाउँ कमिटिका सदस्यहरुको उपस्थिति रहेको थियो । 
 
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला संयोजक शर्माले मुलुकमा देखिएका विविध समस्याहरुलाई समाधान गर्दै अहिले गठन भएको नयाँ सरकारले संविधान कार्यान्वयन गरेरै छाड्ने दावी गरे । त्यस्तै महंगी र भ्रष्टाचारको समस्यालाई निरुत्साहित गर्नको लागि सरकार लागि परेको भन्दै देश विकास  र शान्ति सुरक्षाका विषयमा सबै कम्युनिष्ट पाटीहरु एक भएर अगाडि बढ्नुपर्ने बताए । 
 
कार्यक्रम गाउँ पाटी कमिटी संयोजक सिमलाल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तै भेलाले नेत्र पाण्डेको संयोजकत्वमा २१ सदस्यीय रजहर गाउं कमिटीको गठन गरेको छ ।   

SHARE

COMMENTS

यसमा तपाइको मत