६० हजारमा बिक्यो हिटलरको कट्टु

६० हजारमा बिक्यो हिटलरको कट्टु

 कसैले प्रयोग गरेर फ्याँकेको कट्टुको मूल्य कति होला रु वास्तवमा यो कुनै सोध्ने प्रश्न नै होइन, किनकि त्यस्तो मूल्यहीन वस्तु रद्दीका लागि मात्र योग्य हुन्छ ।


तर जर्मनीका चर्चित तानाशाह हिटलरले प्रयोग गरेको कट्टु भने झन्डै ६० हजार रुपैयाँमा बिक्री भएको छ ।

अमेरिकामा भएको एक लिलामीका क्रममा हिटलरको कट्टु ५५ सय अमेरिकी डलरमा लिलाम भएको हो ।

सेतो पाटे नाइलनको कट्टु निकै ठूलो आकारको थियो, १९ इन्च लामो । साथै यसको कम्मरको साइज ३९ थियो भने दायाँ माथिपट्टि हिटलरको नाम जनाउन ए एच लेखिएको थियो ।

अष्ट्रियाको ग्राजस्थित पार्कहोटलमा हिटलरले उक्त कट्टु छाडेका थिए । उक्त होटलमा हिटलर सन् १९३८ मा बसेका थिए ।

उक्त होटलका तत्कालीन मालिकका नातिले लेखेको पत्र अनुसार उक्त होटलमा हिटलर सन् १९३८ को अप्रिल ३ र ४ तारेख बास बसेका थिए । त्यसक्रममा उनले आफू बसेको कोठामा आफ्नो एउटा कट्टु छाडेर गए । सोही कट्टु अहिले अमेरिकाको अलेक्जेन्डर हिस्टोरिकल अक्सन हाउसले ५ हजार ५ सय डलरमा लिलाम गरेको हो ।

SHARE

COMMENTS

यसमा तपाइको मत