इन्दिरा जोशीले गरिन हिट्स अफ् नवलपरासी म्युजिक एल्बमको बिमोचन

1047
इन्दिरा जोशीले गरिन हिट्स अफ् नवलपरासी म्युजिक एल्बमको बिमोचन

हिट्स अफ् नवलपरासी म्युजिक एलबम “भोलुम वन” को चर्चित गायिका ईन्दिरा जोशीले बिमोचन गरेकी छन् । परासीमा एक समारोहको आयोजना गरि म्यूजिक एलबमको जोशीले बिमोचन गरिकी हुन । युनिक बेबी केयर स्कुलका फाउन्डर अशोक श्रेष्ठको लगानी रहेको एलबमको छिटै म्युजिक भिडियो समेत निर्माण गरिने जानकारी समेत गराईएको छ ।
 
 
 
युनिक बेबी केयर स्कुलमा अध्ययनरत बच्चाहरुलाई गीत, नृत्य र अभिनय सिकाई त्यहाबाट उत्पादित कलाकारहरुलाई नै एलबममा समेटिएको छ । कार्यक्रममा गायिका ईन्दिरा जोशी, गीतार च्याम्पियन बिशाल पौडेल, फयुचर लाईट एकेडमीका प्रिन्सपल अबिनाश रेग्मी, लगाएत बिभिन्न क्षेत्रका ब्याक्तिहरुको उपस्थिती रहेको थियो । बिमोचन कार्यक्रममा बोल्ने बक्ताहरुले देशमा कला क्षेत्र निकै पछाडी परेकोे भन्दै अब स्थानिय कलाकार र म्युजिक भिडियोहरुलाई प्रबद्र्धन गर्न जरुरी रहेको बताए । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत