नरम गाविसमा पहिलो पटक अलैची खेती

3206
नरम गाविसमा पहिलो पटक  अलैची  खेती

अर्जुन सापकोटा
नवलपरासी, असार २४
नवलपरासी जिल्ला नरम गाविसमा पहिलो पटक   अलैची खेती नमुनाको रुपमा सुरुवात गरिएको छ । पहाडी गाविस नरमको ल्हापे वडा नम्बर ७ मा १३ हजार अलैचीका विरुवा लगाईएको स्थानीय यम बहादुर गुरुङले बताए ।
 
महाभारत जौविक बिबिधता संरक्षण सरोकार समाज नवलपरासीले विरुवा खरिदको लागि १ लाख सहयोग गरेको समाजका अध्यक्ष झविलाल रानाले जानकारी दिए ।
 
ईलामबाट अलैचीको विरुवा ल्याईएको हो । विरुवा हुर्किएर अलैची उत्पादन हुन सके पहाडी गाविसमा अलैचीको विस्तार गर्ने स्थानीयको भनाई छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत