यसरी चल्दैछ प्रथम देवचुली महोत्सवको तयारी

यी हुन मेलाका आर्कषक

1701
यसरी चल्दैछ प्रथम देवचुली महोत्सवको तयारी

अर्जुन सापकोटा, २०७३ कार्तिक १९ 
प्रथम देवचुली महोत्सव २०७३ को पूर्व सन्धामा तयारीले निकै तिव्रता पाएको छ । देवचुली टेलिभिजनले आफ्नो आठौँ बार्षिक उत्सवको अवसरमा आयोजना गरेको प्रथम महोत्सव कस्तो हुने हो भन्ने धरैले चासो र चिन्ताले हरिरहेका छन् । मिडिया क्षेत्रबाट गर्न लागिएको यो एतिहासिक मेला हो । 
कार्तिक २५ गतेदेखि मंसिर ४ गते सम्म हुने मेला संस्कृति संरक्षण पर्यटनको आधार समृद्ध राष्ट्रको लागि कृषि तथा उद्योग व्यापार भन्ने नारा तय गरिएको छ । 
महोत्सवको लागि सबै क्षेत्रलाई समेट्न के कस्ता विषहरुलाई समेट्ने भन्ने विषयमा विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छलफल अन्तरक्रिया तथा उप समितिहरु गठन गरेको छ । 
 
विभिन्न उप समितिहरु गठन 
महोत्सवको मिति नजिकिदै जादा महोत्सव सफल पार्न विभिन्न उप समितिहरु गठनले तिव्रता पाएको छ । महोत्सवमा सबैलाई आफ्नोपनको महशुस गराउन अहिले सम्म कृषि, शिक्षा, सहकारी, आदिबासी जनजाति, तथा सांस्कृतिक समिति गठन गरि सकिएको छ । अहिले ति समिति मार्फत महोत्सव सफल बनाउने काम भईरहेको छ भने सरसफाईको लागि पनि  समिति गठनको अन्तिम तयारी गरिएको महोत्सव मूल समितिले जनाएको छ । त्यसको लागि यहाँका फोहरसँग सम्बन्धीत सरोकारवालाहरुसँग छलफलको तयारी गरिएको छ । 
 
कृषि समितिले गर्दैछ   
शुक्रबार भएको भेलामा यहाँका कृषि क्षेत्रका सरोकारवालाहरुले अधिकत्मक कृषिको प्रबद्धनको लागि एक जुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । मेलामा कृषिलाई प्राथमिकतामा राख्न बुद्धि बहादुर देउजाको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरेको छ ।
 
समितिको सदस्यमा कृष्ण गुरौ, खगराज गौतम, जानुका पन्त ढुंगाना, निर्मला कंडेल, सुशीला परियार, रुकमणी महतो, पूर्ण शर्मा, राजन राई, गन बहादुर सारु, ईन्द्र फाल र लाल बहादुर सारु रहेका छन् । यहाँका नमूना कृषकहरुले आफ्ना उत्पादन प्रर्दशनीको लागि राख्ने छन् भने आधुनिक बाख्राको खोर तथा खसी बाख्रा पनि राख्न किसानहरुले चासो दिएका छन् । 
 
आदिबासी उप समिति
महोत्सवमा आदिबासीहरुका घरहरु मौलिक खाना, नाँच गानको तयारी गरिएको छ । मगर थारु, तामाङ लगाएत विभिन्न समुदायहरुले आफ्नो पहिचान झल्काउने जमर्को गरिरहेका छन् ।  महोत्सवमा शोभा यात्रामा जातिय पहिचानको निकै महत्व हुने हुदा अहिले यो समिति प्रमुख प्राथमिकतामा रहेको छ । 
 
आदिबासी जनजाती नगर संमवन्य समितिका अध्यक्ष देवीसरा पुलामीको संयोजकत्वमा समिति गठन गरि जति सक्दो मानिसहरुको सहभागिता गराउन र आदिबासीको महोत्सवको स्टल प्रमुख गन्तब्य बनाउन लागि परेको छ । 
 
यहाँको कावासोती मध्यविन्दु, गैंडाकोट र देवचुली नगर समिति मेलाको सह आयोजक भएकाले पनि कृयाशील छ । पहिलो दिनको सोभा यात्रामा आदिबासीको झाकी तथा हरेक दिन एउटा एउटा समूहको झाँकी तथा नृत्यहरु प्रदर्शन गरिनेछ ।  
 
शिक्षा समिति 
देवचुली टेलिभिजनको आठौँ बार्षिक उत्सवको अवसरमा गर्न लागिएको महोत्सवलाई पूर्ण रुपमा सहयोग गर्ने शैक्षिक सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।
 
शिक्षा क्षेत्रका व्याक्तिहरुको भेलाले केशव प्रसाद कंडेलको संयोजकत्वमा ८ सदस्यीय  शैक्षिक कार्यक्रम संचालन तथा व्यस्थापन गराउन उप समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा दिपक नाथ घिमिरे, हरीहर अधिकारी, गोपाल लम्साल, रामप्रसाद पाण्डे, रमेश अधिकारी, बिष्णु न्यौपाने र सदस्य सचिवमा तिर्थ कंडेललाई चयन गरेको छ ।
 
यस्तै ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा मुक्ति राम पाण्डे, बाबु राम राना, झपेन्द्रश्वर भुसाल, शिव देवकोटा, र भोजराज दाहाल रहेका छन् ।
 
भेलामा सहभागिहरुले महोत्सवमा आफूहरु सँग समेत सहकार्य गर्न खोजेको प्रति खुसी व्यक्त गर्दै शिक्षासँग सम्बन्धी विभिन्न स्टलहरु राख्ने र पहिलो दिनको शोभा यात्रामा समेत सहभागिता हुने निणर्य गरेको छ ।
 
महोत्सवमा नवलपुर क्षेत्रको शिक्षाको अहिलेको अवस्था झल्किने विभिन्न स्टलहरु राख्ने तथा शैक्षिक परामर्श तथा अभिनन्दन लगाएतका कार्यक्रमहरु महोत्सव अबधिमा राख्न सुझाव दिएका छन् । 
 
सहकारी समिति 
देवचुली महोत्सव मार्फत जिल्लाको सहकारीको अवस्था झल्किने गरी देवचुली महोत्सवलाई सहकारीमय बनाउने यहाँका सहकारीकर्मीहरुले बताएका छन् । पहिलो दिनको सोभा यात्रामा सहकारीहरुकर्मी आफ्नो व्यानर सहित शोभा यात्रामा सहभागि हुने र सहकारी मार्फत जिल्लामा उत्पादनमा भएका बस्तुहरुको स्टलहरु राख्ने प्रतिबद्धता जनाएका छन् । 
 
देवचुली टेलिभिजनका अध्यक्ष एवं मेला आयोजक समितिका संयोजक केबी रानाको अध्यक्षतामा भएको भेलाले शृजनशील बचत तथा ऋण सहकारीका अध्यक्ष छविलाल अर्यालयको अध्यक्षतामा ७ सदस्यीय सहकारी समितिको गठन गरिएको छ । समितिको सदस्यहरुमा नारायण प्रसाद काफ्ले, घनलाल सापकोटा, नारायण पौडेल, गैरी सिग्देल, नारायणी भट्राई र विद्या गैरी चयन हुनुभएको छ ।
 
देवचुली टेलिभिजनको सभाहलमा भएको भेलामा सहभागि बनेका जिल्लाका २ दर्जन सहकारीका पदाधिकारीले आफूले समेत सक्दो सहयोग गर्ने बताएका थिए भने महोत्सवमा के कस्ता बिषयहरुलाई प्राथमिकता दिने भन्ने बारेमा सुझाव राखेका छन् । 
 
यी हुन मेलाका आर्कषक
कावासोतीको थाना चोक पछाडी रहेको कावासोती खेल मैदानमा महोत्सव हुनेछ । महोत्सवको करिव डेढ लाख सर्वसाधरणले अबलोकन गर्न महोत्सव स्थलमा पुग्ने आयोजकको दाबी छ । मेलामा करिव साढे २ सय स्टलहरु रहेने छन् । 
 
महोत्सवमा कृषि प्रदर्शनी, खाना महोत्सव, उद्योग व्यापारको स्टल प्रदर्शनी,  मौलिक कला समूहलाई बाजागाजा हस्तान्तरण, जातिय मौलिक झाँकी, लोपोन्मूख मौलिक नाँचहरुको प्रदर्शन हुनेछ । यस्तै मिस देवचुली एम्बेस्टर प्रतियोगिता, डान्स आईडल, कला संस्कृति संरक्षणमा टेवा पुर्याउने संघ संस्थालाई सम्मान र चर्चित कलाकारहरुको विशेष सास्कृतिक प्रस्तुती सहित बाल उद्यान र मनोरञ्जनका स्टलहरु मुख्य आर्कषणको रुपमा रहेका छन् । अहिले सम्म महोत्सवमा २ सय स्टल बुकिङ्ग भईसकेका छन् । 
 
महोत्सवको प्रचारको लागि देउसी भैलो समेत 
अहिले महोत्सवको प्रचार प्रसारको कार्य तिव्र गतिमा अगाडी बढेको जिल्लाका अघिकासंस संचार माध्यममा देवचुली महोत्सवको बिज्ञापन बझेको छ भने अहिले पत्रपत्रिका समेत महोत्सवको रौनकता देख्न सकिन्छ। 
 
मिडिया हाउसको  महोत्सव हुदा यहाँका संचार मध्यमको समेत राम्रो साथ देखिन्छ । महोत्सवको प्रचारको लागि देवचुली टिभिले तिहारको अवसरमा प्रचारात्म देउसी भैलो खेलिरहेको छ । जिल्लाको विभिन्न स्थानमा पुगि महोत्सवको लागि निम्तो बाड्र्दै देउसी भैलो टोलि अगाडी बढीरहेको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत