देवचुली महोत्सवको पार्किड्ड शुल्क सामाजिक कार्यमा खर्चिने

728
देवचुली महोत्सवको पार्किड्ड शुल्क सामाजिक कार्यमा खर्चिने

नवलपरासी, २०७३ मंसिर ११ । 
कावासोतीमा भएको प्रथम देवचुली महोत्सवमा पार्किड्डबाट संकलन भएको रकम सामाजिक सेवामा खर्च गरिने भएको छ । १ लाख २१ हजार रकम संकलन भएको मध्ये ५० प्रतिसत कावासोती युवा क्वलको निर्माणधिन सभाहलमा, २५ प्रतिसत स्थानीय मनकामना मन्दिरमा व्यवस्थापनमा खर्चिने भएको छ ।
 
यस्तै पार्किङ्ग व्यवस्थापनमा खटिएका युवाहरुलाई बाँकी रहेको रकमबाट वनभोज खुवाइएको क्लवका अध्यक्ष भविप्रसाद भट्राईले जानकारी दिए ।  देवचुली टेलिभिजनको आफ्नो आठौँ बार्षिक उत्सवको अवसरमा कार्तिक २५ देखि मंसिर ५ गते सम्म कावासोती खेल मैदानमा महोत्सवको आयोजना गरिएको थियो ।
 
कला संस्कृतिको संरक्षण प्रर्बद्धन र युवा उद्यमशील अभियान स्वरुप महोत्सव गरिएको र महोत्सवमा १ लाख ५० हजार मानिसहरुले  अवलोकन गरेको मेला आयोजक समितिका संयोकज केबी रानाले जानकारी दिए । 

SHARE

COMMENTS

यसमा तपाइको मत