निर्वाहमुखी भन्दा व्यवसायीक पशुपालन गर्न जोड

331
निर्वाहमुखी भन्दा व्यवसायीक पशुपालन गर्न जोड

नवलपरासी, २०७३ मंसीर १७ । 
दलदले दुग्ध विकास सहकारी संस्थाले शुक्रबार किसानहरु बीच अन्तरकृया कार्यक्रम गरेको छ । देवचुली १० मा रहेको महाराजा सामुदायिक वनको भवनमा ग्रामिण अर्थतन्त्रको पुर्वाधार, व्यवसायिक पशुपालन नै मुख्य आधार भन्ने विषयमा किसानहरुसंग बृहत अन्तक्रिया भएको हो । 
 
दुग्ध संस्थाका अध्यक्ष तोयानाथ पौडेलको अध्यक्षता तथा जिल्ला पशु स्वास्थ्य कार्यालय नवलपरासीका वरिष्ठ पशु अधिकृत शिवप्रकाश आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
 
प्रमुख अतिथि आचार्यले पशुहरुलाई अनिवार्य रुपमा विमा गर्न जोड दिर्दै व्यवसायिक पशुपालनमा लाग्न आग्रह समेत गरे । कार्यक्रममा जिल्ला पशु स्वास्थ्य कार्यालय नवलपरासीका पशु अधिकृत भुमिश्वर खनाल, देवचुलि नगरपालीकाका वातावरण विद ध्रुव आचार्य, पशु सेवा केन्द्र कावासोतीका पशु स्वास्थ्य प्राविधिक बुद्धि बहादुर दृउजा, वडा नागरिक मञ्चका संयोजक तथा ४ दर्जन किसानहरुको सहभागीता रहेको थियो । 

SHARE

COMMENTS

यसमा तपाइको मत